ओली र देउवालाई नख्खु जेलमा कोच्ने रवीन्द्र मिश्रको चेतावनी

ओली र देउवालाई नख्खु जेलमा कोच्ने रवीन्द्र मिश्रको चेतावनी

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंको शान्ति वाटिकामा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले आफ्नो पार्टी सरकारमा पुग्ने बित्तिकै भ्रष्ट ओली र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा लगेर उपचार गर्ने बताएका हुन् । 

उनले भने, बालुवाटारबाट बालकोट जाने नेतालाई हामी सबभन्दा पहिला अख्तियार र सर्वोच्चमा उपचार गर्छौं, त्यसपछि आराम गर्न उहाँलाई नख्खु जेलको चौरमा पुर्याउँछौँ । उनले थपे, नख्खु जेलको चौरमा जीन्दगीभर उहाँहरुले आराम गरेर बिताउनु हुनेछ । 

आफ्नो पार्टी देशभक्तिको धरातलमा उभिएकाले संख्यामा सानो भएपनि  एजेण्डामा अग्रणी रहेको भन्दै आफूहरु ठूला कुरा गर्न नहिच्किचाउने बताए ।  दलहरुले न्यायालयमा समेत भागबण्डा गरेकाले सर्वोच्चमा पार्टीका कार्यकर्ता पुग्ने गरेको भन्दै अध्यक्ष मिश्रले न्यायालयमाथि नै कालो पोतिएको बताए । राज्यका हरेक निकायहरु पार्टीका भागबण्डामै गाँजिएकाले देशले दुःख पाएको बताउँदै अध्यक्ष मिश्रले समतामुलक समृद्धिको लागि नागरिकले पनि मन र मत परिवर्तन गर्नुपर्नेमा जोड लिए ।

Skip This
Skip This
Logo