नेपाल कम्युनिष्ट पार्टी ओली समूहले स्थायी कमिटीको बैठक बोलाएको छ। सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफल गर्न भन्दै बैठक बोलाएकाे हाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेको छ । यसै विषयमा छलफल गर्न ओली समूहले बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको हो।
गत पुस ५ गते प्रधानम्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेपि भण्डारीले गरेकाे संसद विघटन मंगलबार सर्वोच्चले उल्ट्याइदिएकाे थियो । त्यसपछिकाे परिस्थितिमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएकाे छ ।





























प्रतिक्रिया