नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गरेपछि नेता कार्यकताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।
धेरैजसोले उनलाई अवसरवादी नेता भनेका छन् भने केहीले नेकपा एकिकृत गराउन भूमिका खेल्न हल्लाह दिएका छन् । उनले सामाजिक संजालमा पोष्ट गरेको विज्ञप्तिमा कमेन्ट गर्दै शुभचिन्तक कार्यकर्ताहरुले यस्तो जनाएका हुन् ।
अश्विनीकुमार पुडाशैनीले भनेका छन्,
सांसद र केन्द्रीय सदस्य किनबेचको बजार नखुलोस । नेकपा नफुटोस् । विप्लव समेतलाई एकिकृत गरियोस्। अबको नयाँ युगको यात्रामा मुलुकमा लुटेरा, माफिया विचौलिया दलालहरुको नेतृत्व बाट संरक्षण नहोस् । विकासको लय बनोस्। हामी पनि विकासको मोडेलसहित राजनीतिमा सामेल हुन तयार छौं।
यस्तै कमेन्ट गर्दै बुद्धि राईले भनेका छन्,
न यता न उता बामदेम गौतम प्लुत्ता प्लुत्ता ? के हो कमरेड तपाईंको चर्तीकला ? हिजो असंवैधानिक तरिकाले प्रतिनिधि सभा भंग हुँदा अवसर हेरेर बस्ने बिघटन सदर भयो भने केपी तिर टाँसिने चान्स मार्न पर्खि बस्यौ, बदर भए प्रचण्ड माधवले नेतृत्व गरेको पार्टीमा घुसेर अझै एकताको रटान लगाउँछु भनेर बस्ने शीर्ष नेतृत्वदेखि कार्यकर्ता सडकमा अपमान सहेर आन्दोलन गर्दै गर्दा कहाँ हुनु हुन्थ्यो ??
प्रतिक्रियाकै क्रममा राजु बस्नेत भन्छन्,
नेकपामा फुट ल्याउने प्रमुख काम्रेड नै वामदेव हो ।
रेशम कँडेल लेख्छन्,
बिशाल पार्टी नेकपा र नेकपाको आफ्नै झन्डै दुई तिहाई बहुमतको सरकारलाई गुट र फुटमा परिणत गर्ने मुख्य व्यक्ति बामदेव गौतम हो । अब के को लागि सचिवालय बैठक बोलाउनु पर्यो ? सचिवालयमा तपाईंको दोहोरो भूमिकाले गर्दा नै नेकपामा दुई गुट देखिएको थियो ।
महेन्द्र न्यौपानेको भनाइ छ,
पार्टीमा यो अवस्था आउनुको मुख्य कारण तपाईंको ढुलमुले प्रवृत्ती नै हो ।
कविन्द्र गौतमले भनेका छन्,
माछा देख्दा दुलाभित्र हात, सर्प देख्दा दुला बाहिर हात ?
यस्तै पूर्ण राउत भन्छन्,
अब पनि सल्ली खोटो खोज्ने की माफि मागेर मुलधार रोज्ने ? यो प्रश्न केपी र बामदेव दुबैलाई हो । नत्र केपी आफ्ना सनकले बामदेव आफ्ना स्वार्थले सकिने पक्का ।
मिकन दाहालले लेखेका छन् ,
संसारमा जान्ने बुझ्ने म मात्रै हुँ भन्ने भ्रमबाट सबैभन्दा पहिले तपाईं आफैं मुक्त हुनुस् , हर नेपालीले तिम्रा १, १ कुटिल चाल बुझेका छन् । कहाँ को कसको उपाध्यक्ष हो र तपाईं ??
संगम वलीले फेसबुकमै लेखेका छन्,
जंगली प्रवृत्तिका विदेशीका हलिहरुलाई संकटकाल लगाएर सेना समायोजनदेखि लिएर हतियार ब्यस्थापन क्यान्टेनमेन्टमा भएको अनियमितताको खोज अनुसन्धान गरेर जेल कोच काका तपाईंको साथमा करोडौं जन्ता छन् ।
सर्वोच्च अदालतले प्रनिनिधिसभा पुनःस्थापना गरेपछि उनले आज विज्ञप्ति प्रकाशन गर्दै पार्टी एकता जोगाउन पार्टी मुख्यालय धूम्बाराहीमा सचिवालय बैठक बोलाउन माग गरेका थिए । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभाजन भए पनि उपाध्यक्ष गौतम राष्ट्रिय अभियान सञ्चालन गरेर पार्टी एकता जोगाउन लागेका छन् । उनी अभियानको संयोजकसमेत रहेका छन् ।
पार्टी दुई समूहमा विभाजन भएपछि नौ सचिवालय सदस्यमध्ये पार्टी अध्यक्ष ओली, महासचिव विष्णुप्रसाद पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा एकातिर तथा पार्टी अध्यक्ष दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ अर्का समूहमा रहेका छन् । राष्ट्रियसभाका सदस्य गौतम कुनै समूहमा नरही एकता जोगाउन लागिरहेका छन् ।





























प्रतिक्रिया