ओली समूहको स्थायी कमिटी बैठक स्थगित

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज बस्न भनिएको बैठक केहीदिनका लागि स्थगित भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केन्द्रबिन्दुलाई बताए । 

गत मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापनाको फैसला गरेलगत्तै सरकार संसद बैठकको तयारीमा लाग्नुपर्ने भएकोले हिजोदेखि जारी बैठक स्थगित भएकाे हाे । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक केही दिनको लागि स्थगित  गरी संसद बैठककाे तयारीमा लाग्ने थापाले बताए । 

सर्वोच्चले १३ दिनभित्र प्रतिनिधिसभा बैठक आह्वान गर्न आदेश दिएकाले मन्त्रिपरिषद् बैठक बस्ने, बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद बैठक आह्वानको लागि सिफारिस गर्ने लगायतका प्रक्रिया हुने बताइएकाे छ । 

Logo