प्रचण्ड–नेपाल समूह र जसपाका शीर्ष नेताहरुबीच छलफल

प्रचण्ड–नेपाल समूह र जसपाका शीर्ष नेताहरुबीच छलफल

केन्द्रबिन्दु
0
Shares

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु बीच आज छलफल भइरहेको छ ।

नेकपा पार्टी कार्यालय पेरिसडाँडामा छलफल भइरहेको हो । छलफलमा नेकपाका दुवै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी छन् । यस्तै जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेता सहभागी छन् । 

आजको छलफल दुई पार्टीबीच सत्ता सहकार्यका विषयमा केन्द्रीत रहेको बताइएको छ । प्रचण्ड-नेपालसमूहले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटघाट गरेको थियो । 

Skip This
Skip This
Logo