राजनीति वाग्मती

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा 

15 Shares

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।  केहीबेर अघि शीतलनिवास गएका हुन् । 

मंगलबार सर्वोच्चले संसद् पुनःस्थापना गर्ने फैसला गरेपछि प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउने गृहकार्य गरेका छन् । यसकै लागि उनी आज राष्ट्रपतिसँग सल्लाह गर्न शीतलनिवास पुगेका हुन् ।

अब सरकारको सिफारिसमा राष्ट्रपतिले फागुन २४ गतेभित्रै प्रतिनिधिसभाको बैठक बोलाइ सक्नु पर्ने बाध्यता छ ।

नेकपाको ओली समूहले बुधबारको बैठकले सर्वोच्चको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो । 

प्रकाशित: १३ फाल्गुन २०७७ १८:५० बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी