काठमाडाैं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गरेका छन् । महान पर्व वडा दशैंको अवसर पारेर प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिंदै दशैं मनाउन आग्रह गरेका छन् । चाडवार्डहरु पर्व र उत्सव मात्रै नभएर सामाजिक प्रबन्धका आधार समेत भएकाले महामारीको बिचमा पनि संयमित भई चाडपर्व मनाउन देशवासीलाई आग्रह गरेका छन् । ज्येष्ठ नागरिक, बालबालिका र कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिमा संक्रमण घातक हुन सक्ने भएकाले सचेत भई जो जहाँ छौं त्यहिं चाडपर्व मनाउन आग्रह गरे।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा उपचारमा सरकार कर्तव्य विमुख हुन नखोजेको स्पस्ट पारे। विभिन्न माध्यममा कोरोना उपचारको विषयमा अनावश्यक अफवाहका खबर आइरहको र त्यसको पछाडि नलाग्न समेत आग्रह गरे।
लकडाउन भएदेखि अहिलेसम्म जनतालाई भयभित बनाउने र थुप्रै अफवाह फैलाउने काम भइरहेको पनि प्रधानमन्त्री ओलीले बताए । महामारी विरुद्धको लडाईमा पक्ष र विपक्षको स्वार्थमा नलाग्न र दाउपेच नबनाउन समेत आग्रह गरे। सरकार कहिल्यै पनि कर्तव्यविमुख नहुने र जनताको स्वास्थ्यमा गम्भीर भएको पनि उनले बताए।
कोभिड १९ संक्रमणमा परेका सबै नागरिकको यथोचित उपचारको व्यवस्था सरकारले गर्ने उनको भनाई छ । निजी अस्पतालमा कतिपयले उपचार गराई सरकारलाई सहयोग गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नसक्नेलाई सरकारले निःशुल्क उपचार गर्ने स्पष्ट पारे ।





























प्रतिक्रिया