‘वर्गीय धरातल बिर्सेर आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छ’ : अध्यक्ष दाहाल

‘वर्गीय धरातल बिर्सेर आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छ’ : अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्गीय धरातल बिर्सेर आफूलाई नै सर्वेसर्वा मान्ने प्रवृत्ति नै कम्युनिस्ट पार्टीका लागि घातक भएको बताएका छन् । पार्टी सम्वद्ध शिक्षकको राष्ट्रिय सम्मेलनलाई शनिबारयहाँ सम्बोधन गर्दै उनले आफू जन्मिएको धरातल बिर्सेर गलत काम गर्दै हिँड्ने र आफू नै सर्वेसर्वा भएको ठान्ने प्रवृत्ति सबैभन्दा घातक रहेको बताए।

“पार्टीभित्रैबाट वर्गउत्थान भएका केही नेताहरू जो विपरीत वर्गको स्वार्थसँग आत्मसमर्पण गर्छन्, उनीहरूको प्रलोभनमा फस्छन् र उनीहरूका एजेन्ट हुन्छन् र आफ्नो वर्गलाई धोका दिन्छन्”, उनले भने, “आफू जहाँबाट जन्मिएको हो, त्यो धर्ती उनीहरूले बिर्सिन्छन् र आफूलाई हिजो जसका विरुद्ध लडाइँ गरेको हो हिजो जसका विरुद्ध विद्रोह गरेको हो, त्यही वर्गको प्रतिनिधि जस्तो ठान्न पुग्छन् ।”

कम्युनिष्ट पार्टीकै नेतृत्वमा बनेको संविधान र त्यसको मर्ममाथि प्रधानमन्त्रीबाट प्रहार हुनु नै सबैभन्दा दुःखद् रहेको उनको भनाइ छ । अध्यक्ष दाहालले सम्पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै उल्ट्याउने दिशातिर प्रधानमन्त्री लागेको आरोप लगाए ।

सोही अवसरमा नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना भए पनि पूरै लडाइँ जित्न बाँकी रहेको बताए। उनले गलत प्रवृत्ति विरुद्धको आन्दोलनमा सहभागी भएकाहरूबीच सहकार्य गरेर अगाडि बढ्ने जानकारी दिए।

Skip This
Skip This
Logo