अवहेलना सम्बन्धी मुद्दाको जवाफ दिन प्रचण्ड पुगे सर्वोच्च अदालत

अवहेलना सम्बन्धी मुद्दाको जवाफ दिन प्रचण्ड पुगे सर्वोच्च अदालत


नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्वोच्च अदालत पुगेका छन् । अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ दिन प्रचण्ड सर्वोच्च अदालत गएका हुन् । 

सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको मुद्दाका विषयमा प्रचण्डले राजनीतिक टिप्पणी गरेको भन्दै अधिवक्ता समिर हायुले उनीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै मुद्दा दायर गरेका थिए । 

अवहेलना मुद्दामा न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले स्वयं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएपछि प्रचण्ड त्यसको जवाफ दिन आज अदालत गएका हुन् । विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अदालतमा मुद्दा दर्ता भएको थियो ।

यस्तै अदालतकै अवहेलना गरेको भन्दै मुद्दा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस अघि सर्वोच्चमा उपस्थित रहेर जवाफ दिएका थिए।

Logo