‘पार्टी एकताका लागि पहल गर्छौं’ : योगेश भट्टराई

‘पार्टी एकताका लागि पहल गर्छौं’ : योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीलाई एक बनाउन आफूहरुले प्रयास गर्ने बताएका छन् । 

प्रेस सङ्गठन नेपालको प्रदेश नं. २ स्तरीय भेलालाई आइतबार  सम्बोधन गर्दै नेता भट्टराईले नेकपामा एकता चाहनेको संख्या अधिक भए पनि केही व्यक्तिका कारण पार्टी अप्ठ्यारोमा परेको बताए । नेता भट्टराईले भने, “नेकपा एक होस् भन्ने धेरैको चाहना छ तर केही व्यक्तिको हठका कारण पार्टी अहिले जटिल परिस्थितिमा फसेको छ ।” उनले गत चुनावमा पार्टी एक भएकै कारण चुनाव जितिएको स्मरणसमेत गरे ।

कार्यक्रममा नेकपाका नेता रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत महत्वकांक्षाका कारणले पार्टी अप्ठ्यारोमा पुगे पनि सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरि दिएको बताए ।रासस

Skip This
Skip This
Logo