‘कांग्रेसको भूमिका अहिलेका लागि तटस्थ हुन्छ’ : नेता साउद

‘कांग्रेसको भूमिका अहिलेका लागि तटस्थ हुन्छ’ : नेता साउद


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेसको भूमिका अहिले कुनै गठबन्धनमा जाने वा गुट विशेषलाई सहयोग गर्ने खालको हुन नसक्ने बताएका छन् । 

नेपाल प्रेस युनियन कैलालीले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक भएको वा टुक्रिएको स्पष्ट नहुँदासम्म कांग्रेसको भूमिका तटस्थ रहने स्पष्ट पारे । 

कांग्रेसले गर्ने कुनै पनि निर्णय मुलुकको संविधान, प्रजातन्त्र र राष्ट्रिय हितलाई सर्वोपरी राखेर गरिने भएको हुनाले त्यही आधारलाई मानेर अघि बढ्ने उनले उल्लेख गरे । “निर्वाचन आयोगले प्रारम्भदेखि नै दलहरूको विभाजनसम्बन्धी प्रक्रियामा आफ्नो जुन दायित्व छ, त्यो दायित्व अहिले पनि पूरा गर्न सकेको जस्तो देखिँदैन”, केन्द्रीय सदस्य साउदले भने, “यदि निर्वाचन आयोगले समयमा आफ्नो दायित्व पूरा गर्न सकेन भने अदालतको निर्णयलाई कार्यान्वयन गर्ने कुरा अत्यन्त चुनौतीपूर्ण हुन्छ र अदालतको निर्णय कार्यान्वयन हुन सक्दैन ।”रासस

Logo