नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका नेता घनश्याम खतिवडाले प्रधानमन्त्री ओलीलाई धकेलेर निकाल्ने फुर्ति नगर्न प्रचण्ड नेपाल पक्षलाई चुनौती दिएका छन् ।
मोरङ क्षेत्र नं. १ का सांसदसमेत रहेका नेता खतिवडाले केन्द्रबिन्दु टेलिभिजनसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीलाई कसैले पनि हटाउन नसक्ने बताएका हुन् ।
आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पास गराउन अर्को पार्टीका सभापतिसँग जानु भनेको आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु हो भन्दै उनले यस्तो कदम पार्टी र देशकै लागि दुर्भाग्य हुने बताए । आफ्नो पार्टीका नेताहरुले आफ्ना आन्तरिक विवाद मिलाउन नसक्ने र अरुलाई आफ्नो प्रधानमन्त्री हटाउन सहयोग गर्न आग्रह गर्नु भनेको कुन कम्युनिष्ट आन्दोलन हो भन्दै उनले प्रश्न पनि गरेका छन् ।
नेकपाको पछिल्लो राजनीतिक अवस्था र अब हुन सक्ने सम्भावित परिस्थितीका बारेमा केन्द्रीत रहेर हामीले यसपटक नेता खतिवडासँग कुराकानी गरेका छौं । हेरौं यो भिडियोमा :































प्रतिक्रिया