‘केही दिनभित्रै निर्वाचन आयोगले हाम्रो समूहलाई आधिकारिकता दिन्छ’ : प्रचण्ड

‘केही दिनभित्रै निर्वाचन आयोगले हाम्रो समूहलाई आधिकारिकता दिन्छ’ : प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिन भित्रै निर्वाचन आयोगले आफूहरुको पक्षमा निर्णय गर्ने बताएका छन् । 

सोमबार पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको एकता घोषणा सभामा बोल्दै अध्यक्ष प्रचण्डले केही दिनभित्रै पार्टीको आधिकारिकता आफूहरुले पाउने दाबी गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगमा गरेको सेटिङ भत्किने टिप्पणी गर्दै उनले केही दिनभित्रै आधिकारिक पार्टी बहुमतवाला पार्टी नै भएको र सूर्य चिन्ह र नाम बहुमतवाला पार्टीकै हो भनि फैसला गर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले केपी ओली पाहाझैँ पछारिएको टिप्पणी गरे। ओली पाहा पछारिएझैँ पछारिए पनि हामीले जित्यौं झन बलियो भयौँ भन्दै हिंडेको उनको भनाइ छ । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको कदमलाई खारेज गरिदिएपछि प्रधानमन्त्रीको पदमा एक क्षण पनि बस्न लायक नभएको उनले बताए । 

त्यसैगरि कार्यक्रममा बोल्दै नेकपा प्रचण्ड–माधव पक्षका अर्का अध्यक्ष माधवकुमार नेपालले पार्टीले दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिसकेकोले प्रधानमन्त्री ओलीले कसैलाई हटाउने अधिकार नभएको बताए । 

अध्यक्ष नेपालले संस्थागत कुरा विधानमा लेखिए बमोजिम मात्रै हुने बताए । कुनै एक व्यक्तिको सनकको भरमा देश अगाडि जान नसक्ने भन्दै उनले आफूहरुले विधि विधानलाई मान्ने देश बनाउन चाहेको उल्लेख गरे। 

Skip This
Skip This
Logo