बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै कांग्रेसको आपत्ति

बिएण्डसी कलेज सम्बन्धनमा हस्तक्षेप भएको भन्दै कांग्रेसको आपत्ति

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले झापास्थित प्रस्तावित बिएण्डसी  कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ विश्व विद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ ।

कांग्रेस केन्द्रीय शिक्षा विभागले मंगलबार विज्ञप्तिमार्फत सरकार आफैंले बनाएका ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत हस्तक्षेप भएको आरोप लगाएको छ । 

प्रक्रिया मिचेर विश्व विद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सिर्जना नगर्न विभागका सचिव डा कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सरकारलाई सचेत गराइएको छ ।

Logo