‘प्रधानमन्त्रीलाई हटाउनका लागि भए पनि कांग्रेस सरकारमा जानु पर्छ’ : महामन्त्री कोइराला

‘प्रधानमन्त्रीलाई हटाउनका लागि भए पनि कांग्रेस सरकारमा जानु पर्छ’ : महामन्त्री कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् । 

उनले बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए ।  

उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताए । प्रतिनिधिसभाका सदस्य समेत रहेका डा कोइरालाले भने “ नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानु पर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।” 

उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनु पर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिए।” फरक प्रसङ्गमा महामन्त्री डा कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन शुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताए ।रासस

Logo