नेकपा ओली समूहकाे संसदीय दलको बैठक आज बस्दै

नेकपा ओली समूहकाे संसदीय दलको बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी ओली समूहकाे संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

बैठकमा आइतबार बस्ने प्रतिनिधिसभाको अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, त्यहाँ आउनसक्ने सम्भावित एजेण्डाहरुमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने ओली पक्षीय नेकपाका प्रमुख सचेतक विशाल भट्टराइले बताए।

शुक्रबार प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । उक्त समूहले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ ।

दुबै समूहले ससंदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएको हुँदा आजकाे बैठकमा पार्टी एकताको अभियानमा रहेका उपाध्यक्ष वामदेव गौतमलाई पनि प्रधानमन्त्रीले शुक्रबार बेलुकी भेटेर आजको संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन्।

प्रचण्ड–माधव समूह प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गर्ने गृहकार्यमा जुटिसकेको छ।

नेकपा संसदीय दलका नेताको चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनका सांसदको मत लिनुपर्छ । नेकपामा प्रतिनिधि सभामा १७२ (१ जना सभामुख र निधन भएका सांसदसहित १७४) सांसद छन् । राष्ट्रिय सभामा ४९ (अध्यक्षसहित ५०) सस्दय छन् ।

Skip This
Skip This
Logo