उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिको सम्बन्धमा आफूले हस्तक्षेप नगरेको बताएका छन् ।
शनिबार नेपाल आयल निगमको पेट्रोलियम पद्धार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले भारतमा मुल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पद्धार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने बताए । मन्त्री भट्टले विनास चाहने प्रवृत्ति आफूहरु भित्रै रहेको भन्दै त्यस्तो प्रवृतिको विरुद्ध संघर्ष गर्नुपर्ने बताए ।
उनले आयल निगम लगायतका सरकारी कर्मचारीहरुले सरकार विरुद्ध सडकमा जाने गरेको उल्लेख गर्दै कति ठीक र कति बेठीक हो आत्मअनुशासन हो कि होइन समीक्षा गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । कर्मचारीहरुको दायित्व र कर्तव्य संस्थालाई बलियो बनाउने र कमीकमजोरीलाई सच्याउन सहयोग गर्ने भन्दै उनले आगामी दिनमा नीति, योजना कस्तो बनाउने हो त्यसबारे मन्त्रालयलाई सहयोग गर्न समेत आग्रह गरे ।





























प्रतिक्रिया