प्रदेश-१ नेकपा संसदीय दलका उपनेता टंक आङबोहाङले नेकपा (दाहाल-नेपाल समूह)मा आफू नरहेको बताएका छन् ।
आफू पार्टी एकताको पक्षमा रहेको उनले बताए । तर विश्वस्त सुत्रले उनी नेकपा (ओली समूह)मा जाने सहमति भइसकेको बताएकाे छ ।
प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा अढाइ महिनाअघि अविश्वासको प्रस्ताव दर्ता गराउन प्रमुख भूमिका आङबोहाङले खेलेका थिए । उनकै अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई नेकपा प्रदेश संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।
ताप्लेजुङबाट प्रदेश सभामा निर्वाचित आङबोहाङ तत्कालीन माओवादीका नेता हुन् । दुई दिनअघि ताप्लेजुङको दोभानमा भएको आगलागीमा राहत वितरण गर्न मुख्यमन्त्री राईसँगै सेनाको हेलिकप्टरमा उनी गएका थिए ।
उनले अहिले पनि पार्टी एक हुनु पर्छ भन्ने कुरामा आफू अडिक रहेको बताए ‘तर पार्टी फुट्यो भने ओली र शेरबहादुर मध्ये एकलाई राज्नुपर्ने हुन्छ । त्यस बेला म ओली नै रोज्छु ।’































प्रतिक्रिया