रेशम चौधरी रिहाइको शर्त राखेर ओलीलाई समर्थन गर्दैनाैं : डा. बाबुराम भट्टराई

रेशम चौधरी रिहाइको शर्त राखेर ओलीलाई समर्थन गर्दैनाैं : डा. बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष  एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले रेशम चौधरी लगायतका नेताहरूको रिहाइको शर्तमा केपी ओली सरकारलाई समर्थन गर्न नसकिने बताएका छन्। सामाजिक संजाल टवीटरमा एक सन्देश लेख्दै उनले यस्ताे बताएका हुन् ।

एमालेको झापा विद्रोहदेखि विप्लवको सशस्त्र गतिविधिसम्मका विषय राजनीतिक मुद्दाका रूपमा हल भइरहेको उल्लेख गर्दै भट्टराईले यस्ताे अवस्थामा रेशम चौधरीसहितका थारु विद्रोहका नेताहरु किन रिहाइ नहुने ? भन्दै प्रश्न पनि गरेका छन्।

‘रेशम चौधरी लगायतका थारू विद्रोहका नेताहरूको रिहाइको माग प्रतिगमनकारी ओली सरकारलाई समर्थन वा त्यसमा सहभागिताको शर्तमा हैन र हुन सक्दैन’

भट्टराईले लेखेका छन्, ‘एमालेको झापा विद्रोहदेखि विप्लवको सशस्त्र गतिविधिसम्म राजनीतिक मुद्दाका रूपमा हल हुन सक्छन् भने थारूको मात्र किन नहुने? भन्ने हो! कुनै भ्रम नरहोस् !’

Skip This
Skip This
Logo