माओवादी केन्द्र र जसपाबीचको छलफल सकियो, के भयो निर्णय ?

माओवादी केन्द्र र जसपाबीचको छलफल सकियो, के भयो निर्णय ?


नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच पेरिसडाँडामा भइरहेको छलफल सकिएको छ।

आजको बैठकमा नयाँ सत्ता समीकरणबारे छलफल भएको बताइएको छ । 

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू तथा जसपाका महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ लगायत उपस्थित भएका थिए।

आजको वार्तामा सरकार समीकरणकै बारेमा छलफल भएको भएपनि टुंगोमा पुग्न भने सकेन । तर वार्ता सकारात्मक भएको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेपाली कांग्रेससँग पनि वार्ता सकारात्मक भएको र तीन वटै दल मिलेर सरकार गठन हुन सक्ने उनले बताए । 

यसअघि जसपाले नेकपा एमाले र नेपाली कांग्रेससँग पनि छलफल गरिसकेको छ। पछिल्लो राजनीतिक घटनाले नयाँ मोड लिएपछि दलहरुबीच सत्ता समीकरणको नयाँ खेल सुरु भएको छ ।

Logo