नेकपा (एमाले) को नेपाल खनाल समूहले केपी ओलीले गरेको जिम्मेवारी हेरफेरको काम विधानविपरित भएको भन्दै निर्वाचन आयोगलाई पत्र लेखेको छ ।
यस समूहले ओलीले केन्द्रीय सदस्य नियुक्त गरेको र पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको अवैधानिक भन्दै आयोगलाई पत्र लेखेको हो ।
वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ जना स्थायी कमिटी सदस्यले सो सम्बन्धमा आइतबार निर्वाचन आयोगलाई पत्र लेखेका हुन्।
शुक्रबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीबाट हटाएका थिए । त्यस लगत्तै ओलीले माओवादी केन्द्रका सांसद रामबहादुर थापासहित २३ जना नेतालाई केन्द्रीय सदस्य मनोनयन गरेका थिए। एमालेकै नेपाल खनाल समूहले यो निर्णय अमान्य हुने बताएको हो ।































प्रतिक्रिया