सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामै फर्काए पनि नेकपा एमालेमा विवाद साम्य हुन सकेकाे छैन। अध्यक्ष ओली समूह र माधव नेपाल समूहबीचकाे विवाद कायम हुँदा आ-आफ्नै तवरबाट कार्यक्रम तय गर्ने काम भइरहदा नेकपा एमालेको नेपाल खनाल पक्षले भोलि र पर्सीका लागि राष्ट्रिय भेलाकाे आयोजना गरेकाे छ ।
काठमाडौंमा हुने उक्त राष्ट्रिय भेलामा पेश गर्ने राजनीतिक प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन तयार गर्न एमालेका उपमहासचिव घनश्याम भुसाल र पोलिटब्युरो सदस्य बेदुराम भुसाललाई जिम्मा दिइएको थियो । प्रतिवेदन लेखन सकिएकोले सो समुहको आज बस्ने स्थायी समिति बैठकले त्यसलाई अन्तिप रुप दिने बताइएको छ ।
प्रतिवेदनमा पार्टी के कारणबाट पार्टी अहिलेको अवस्था सम्म आइपुग्यो ? भोलिको कार्यदिशा के रहनेलगायत विषयहरु समेटिएको नेताहरुले जानकारी दिएका छन् ।
गत शुक्रबार अर्थात फागुन २८ मा प्रधामन्त्री एवम् पार्टी अध्यक्ष ओलीले पार्टीमा अध्यक्ष र महासचिव बाहेका पदाधिकारीको पद खारेज गर्दै नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोस्ने र माओवादी केन्द्रबाट पार्टीमा आएका नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेपछि नेपाल-खनाल पक्षले राष्ट्रिय भेलाकाे आयोजना गरेकाे बुझिएकाे छ ।































प्रतिक्रिया