बालुवाटारमा प्रधानमन्त्रीको चियापान, नेपाल पक्ष भने सहभागी नहुने

बालुवाटारमा प्रधानमन्त्रीको चियापान, नेपाल पक्ष भने सहभागी नहुने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिएको हो ।

आजको चियापान कार्यक्रममा सहभागी हुन एमालेका केन्द्रीय सदस्यहरु तथा पार्टीका नेताहरु वालुवाटार भेला भएका छन् ।

चैत्र ७ गते बस्ने नेकपा (एमाले) को केन्द्रीय समितिको बैठकको पूर्व सन्ध्यामा ओलीले चियापान कार्यक्रमको आयोजना गरेका हुन्।

तर चियापान कार्यक्रममा भने एमालेका माधव नेपाल समूहले भने उपस्थिती नजनाउने निर्णय गरेको छ । 

सोमबार ओली र नेपाल समूहबीच छलफल भएको भए पनि कुनै सहमति भने जुट्न सकेको थिएन । नेपाल समूहले भोलि र पर्सि राष्ट्रिय कार्यकर्ता भेलाको आव्हान गरेको छ ।

Skip This
Skip This
Logo