राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक केहीबेर अघि शीतल निवासमा सुरु भएको हो ।
बैठकमा पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी छन् । सत्तापक्षबाट प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी भएका छन् ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधि सहभागी भएका छन्।
नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी भएका छन् ।
यसैगरि जसपाबाट अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो तथा नेमकिपाबाट प्रेम सुवाल र राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनी सहभागी छन् । सर्वदलीय बैठकमा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल भने उपस्थित भएका छैनन्।
राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका मुख्य नेताहरुलाई बोलाएकी थिइन् ।





























प्रतिक्रिया