माधव पक्षद्वारा एकताबद्ध भई भेलामा सहभागी हुन कार्यकर्तालाई आग्रह

माधव पक्षद्वारा एकताबद्ध भई भेलामा सहभागी हुन कार्यकर्तालाई आग्रह

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समुहले पार्टीलाई सुदृढ, एकतावद्ध, क्रियाशील र विधान सम्मत अघि बढाउन राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरिएको स्पष्ट पारेको छ। 

पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा गरेको बैठकलाई गुटको बैठकको संज्ञा दिदै नेपाल समूहले सो बैठकले असहजता, बेमेल र अविश्वास सृजना गरी पार्टी विभाजत तर्फ धेकेलेकाले पार्टी सुदृढीकरणका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागिएको जनाएको छ। चैत ४ र ५ गते काठमाडौं हुन लागेको राष्ट्रिय कार्यकर्ता भेलाको मंगलबार केन्द्रीय प्रचार विभागले ललितपुरमा पत्रकार सम्मेलन गरी भेलाको औचित्यबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा नेता विष्णु रिजालले राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटी, निकाय, विभाग, संघ तथा प्रदेशका सांसदहरु, जिल्ला, सम्पर्क र मञ्चका सदस्य लगायत जनसंगठन तथा पेशागत संगठनका २ हजार बढी अगुवा कार्यकर्ताहरुको सहभागीता रहने जानकारी दिए।

सो अवसरमा एमालेका नेता नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजनतिर लगेकाले एकताका लागि छलफल गर्न भेला गर्न लागिएको दाबी गरे। उनले पार्टीमा विभाजनको आरम्भ अध्यक्ष ओलीले गरेको आरोप समेत लगाए। नेता पाण्डेले वैधानिक व्यवस्थाअनुसार नै भेला आयोजना गरिएको पनि दाबी गरे।

Skip This
Skip This
Logo