पार्टी एकताका लागि चियापान गरिएको भन्दै प्रधानमन्त्रीको बचाउ

पार्टी एकताका लागि चियापान गरिएको भन्दै प्रधानमन्त्रीको बचाउ

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा मंगलबार आयोजित चियापान समारोहमा सहभागी नेकपाका केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको पहलमा चियापान गरेको भन्दै उनको बचाउ गरेका छन्।

चियापानमा सहभागी नेकपा(एमाले)का केन्द्रीय कमिटी सदस्य शेरबहादुर तामाङले एमाले भित्रको विवाद मिलाउन प्रधानमन्त्री ओलीले पहलकदमी शुरु गरेको बताए। चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता तामाङले अदालतको फैसला अघि निषेधको तहसम्म पुगका नेता कार्यकर्तालाई मिलाउन समय लाग्ने भएपनि प्रधानमन्त्री ओलीले विवाद कम गर्न पहल गरेको बताए।

नेकपा(एमाले) का केन्द्रीय कमिटी सदस्य पासाङ शेर्पाले विभिन्न खालका झगडियाहरुको भेलामा बस्नुभन्दा सबल नेतृत्वको पछाडी लाग्दा जनताको विकास र समृद्धिको अपेक्षा पुरा गर्न सकिने निष्कर्षका साथ आफूले केपी ओली नेतृत्वको नेकपा(एमाले) रोजेको बताए। नेपालमा राजनीतिक स्थायित्व केपी ओलीले मात्रै दिनसक्ने उनको भनाइ छ।

नेकपा(एमाले)का केन्द्रीय कमिटी सदस्य देवी ज्ञवालीले एमालेको संगठनलाई व्यवस्थित, पुर्नगठित र नयाँ गतिका साथ अगाडी बढाउने बताए। पार्टी भित्रको मत मतान्तर आधारभूत सिद्धान्तभित्रै रहेर राख्नुपर्ने उनको भनाइ छ।

नेता ज्ञवालीले माधव नेपाल समूहले फरक गतिविधि सञ्चालन गरिरहेको भन्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनुपर्ने कुरामा जोड दिए। 

Logo