नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) को माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि हुँदैछ। ललितपुरको हेरिटेज गार्डेनमा भेला हुने बताइएको छ । यसका लागि देशभरबाट नेता कार्यकर्ता राजधानीमा आइसकेका छन्।

आज र भोलि काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले आगामी कार्यदिशाबारे थप निर्णय लिइने नेपाल पक्षको दाबी छ । पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधिसम्मतरूपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गर्न भेला आयोजना गरिएको सो पक्षले जनाएको छ।

भेलालाई नेताद्वय नेपाल र खनालसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। अध्यक्ष ओली पक्षले प्रदेश इन्चार्ज हेरफेर गरेलगत्तै नेपाल पक्षले पनि कार्यकर्ता भेलाका लागि भन्दै प्रदेशमा पार्टी कामको संयोजन गर्नका लागि नेताहरूलाई जिम्मेवारी तोकेको थियो।

यस अघि मंगलबार भएको चियापान कार्यक्रममा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले गुटगत भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई चेतावनी दिएका थिए । 

Logo