राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तनपछि मुलुकमा विदेशी दबाब ,प्रभाव र हस्तक्षेप बढेर गएको बताएका छन्।
राप्रपा हेटौंडा नगर समितीका नव निर्वाचित कार्य समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले विदेशीको इसारामा लादिएको एजेन्डाले मुलुकको स्वाधीनता कमजोर हुने विचार व्यक्त गरे।
‘गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाईदिएको भारी हो, विदेशीको स्वार्थ पूर्ती गर्न राजनीतिक दल र नेताहरु प्रयोग हुनु दुर्भाग्यपूर्ण भयो’, थापाले भने। नेपालमा सबै शक्ति र विचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता रहेको चर्चा गर्दै थापाले भने, ‘अब निषेधको राजनीति अन्त्य गरौं, सबै अट्न सक्ने राजनैतिक प्रणालीको बविकास गरौं, जसले मुलकलाई सबल,समृद्ध र स्वाधिन बनाउन सकोस् ।’ भ्रष्टाचार ,बेरोजगारी ,धर्मपरिवर्तन र कुशासनको चक्र तोड्नको लागि राप्रपा बलियो हुनुपर्ने भन्दै थापाले काङ्ग्रेस र कम्युनिस्टको मार्गचित्र असफल भएको दाबी गरे। मनपरितन्त्र र ब्रम्हलुटको हिसाब जनताले राखिराखेको भन्दै थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो शक्तिको रुपमा स्थापित हुने दाबी गरे। राप्रपाको ध्यान महाधिवेशन केन्द्रित रहेको भन्दै थापाले संगठन सुदृढीकरण अभियानलाई उच्च प्राथमिकतापूर्वक अघि बढाउन कार्यकर्ताहरुलाई आग्रह गरे।
सो अवसरमा राप्रपा नेताहरु मधु अधिकारी, गणेश थापा, राजाराम बर्तौलाले मुलुकमा बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेकोले जनताको माझमा गएर पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा राप्रपा मकवानपुरका कार्यवाहक अध्यक्ष शिबराम थापा, नगर अध्यक्ष प्रेमलाल श्रेष्ठ ,निवर्तमान अध्यक्ष गुरु सापकोटा लगायतले आफ्नो धारणा राखेका थिए।





























प्रतिक्रिया