‘निर्देशन विपरित भएका क्रियाकलापलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ’ : ईश्वर पोखरेल

‘निर्देशन विपरित भएका क्रियाकलापलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ’ : ईश्वर पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएका छन्।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरित बुधबार वरिष्ठ नेता माधव नेपाल समूहको भेलामा कार्यकर्ता सहभागी भएपछि महासचिवले यस्तो प्रतिक्रिया दिएका हुन् । पार्टी अध्यक्षको निर्देशन विपरित भेला आयोजना भएको सम्बन्धमा बुधबार साँझ कुराकानी गर्दै महासचिव पोखरेलले निर्देशन विपरितका काम हुनु राम्रो नभएको प्रतिक्रिया दिए। 

उनले पार्टी अध्यक्ष एवं महासचिवको निर्देशन विपरित भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने बताए। पार्टी अध्यक्षले धुमबाराहीमा नेताहरुलाई बोलाएर भेला नगर्न र छलफल गर्नुपर्ने कुराहरुलाई ७ गतेको बैठकमा राख्न अनुरोध गर्नुको साथै चियापानमा सहभागी हुन गरेको आग्रहलाई नमानेर राम्रो नगरेको बताए।

उनले भने, “अहिले जुन किसिमको भेला भयो । त्यो निर्देशनको बाबजुत पनि भेला भएको छ । आज र भोलि आयोजना भएको यो कार्यक्रमको बारेमा गम्भीरताका साथमा नोट गरिन्छ।”

Skip This
Skip This
Logo