नेकपा (एमाले) संसदीय दलको बोर्ड गठन भएको छ । आज बालुवाटारमा बसेको संसदीय दलको बैठकले २७ सदस्यीय बोर्ड गठन गर्ने निर्णय गरेको हो ।
अहिले २४ सदस्यीय बोर्ड गठन भएको र तीन जनापछि मनोनयन गरिने बताइएको छ । गठित बोर्ड सदस्यमा नेपाल र खनाल समूहलाई पनि समावेश गरिएको छ ।
सदस्यहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, विमला राई, खिमलाल भट्टराई र राधा ज्ञवाली रहेका छन् । यस्तै अन्य सदस्यमा दामोदर भण्डारी, बिन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, नारदमुनी राना, मोहन बानिया, भूपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र विमला विकलाई चयन गरिएको छ।
केपी शर्मा ओली, सुवास नेम्वाङ, विशाल भट्टराई र शान्ता चौधरी पदेन सदस्यहरु रहनेछन् ।
बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदलसमेत गठन गरेको छ।
त्यस्तै बैठकले गुटगत भेलामा जाने सांसदलाई सचेत गराउने र नमाने कारबाही गर्ने निर्णय पनि गरेको छ।































प्रतिक्रिया