नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भूसालले आफ्नै नेतृत्वमा रहेको सरकारले पनि जनभावना विपरित काम गरेको भन्दै सरकारको आलोचना गरेकी छिन् ।
सरकारले संविधानमाथि कु गरेको भन्दै सबैक्षेत्रमा अधिकारको दुरुपयोग गर्दै आएको उनले आरोप लगाइन् । प्रधानमन्त्रीले दुर्गतिको बाटो समाएकोमा अहिले सर्वोच्चले त्यसलाई गलत साबित गराइदिएको बताइन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेतृ भुसालले देश सरकारको प्रतिगमन जितेर अहिले अग्रगमनमा फर्किएको बताइन् । जनताको त्याग र बलिदानले सरकारले चालेका असंवैधानिक कदमहरु पराजित भएको उनको भनाइ थियो ।
सरकारले कमिसन र भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै राजनीतिक संस्कार बिर्सिएको आरोप उनले लगाइन् । प्रधानमन्त्रीले आत्मालोचना गर्नु पर्ने सुझाव दिंदै भूसालले नैतिक जिम्मा लिने संस्कृतिको विकास गर्न पनि सल्लाह दिइन् ।































प्रतिक्रिया