‘सबैले आत्मालोचना गर्दै गल्ती सच्याएर अघि बढाैँ’ : राजकिशोर यादव

‘सबैले आत्मालोचना गर्दै गल्ती सच्याएर अघि बढाैँ’ : राजकिशोर यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले अहिले सबैले आत्मालोचना गर्दै गल्ती सच्याएर अघि बढ्नु पर्ने बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै नेता यादवले यस्तो बताएका हुन् । जनताद्वारा जनता शासित हुनु पर्छ भन्ने मान्यताका साथ देश अहिले लोकतान्त्रिक प्रणालीमा आएको भएपनि नागरिकमा कुनै परिवर्तन नआएको उनले बताए । 

इतिहासले कोल्टे फेर्ने बताउँदै उनले समाजलाई हामीले के सिकाइरहेका छौं भन्ने विषयको समीक्षा गर्नु पर्ने बेला आएको पनि बताए । समाजवाद भनेको आर्थिक र राजनीतिक व्यवस्था होइन, उनले भने, नागरिक जब सक्षम हुँदैनन्, सरकारले जतिसुकै राम्रो काम गरें भनेपनि त्यो सफल हुन सक्दैन । अब एकअर्कालाई आरोप लगाउने भन्दा पनि देश र जनताप्रति जिम्मेवार हुनु पर्ने उनले सुझाव दिए ।

Skip This
Skip This
Logo