सभापति र सभामुखबीच समितिको काम कारबाहीका विषयमा छलफल

सभापति र सभामुखबीच समितिको काम कारबाहीका विषयमा छलफल

केन्द्रबिन्दु
0
Shares

संघीय संसदका विभिन्न समितिका सभापति र प्रतिनिधिसभाका सभामुख बीच समितिको काम कारबाहीको विषयमा छलफल भएको छ । 

आइतबार संघीय संसदका विभिन्न समितिका सभापतिहरुले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर समितिले गरिरहेका काम कारबाहीको विषयमा छलफल गरेका हुन् । गएको साउन ५ गते पछि समिति सभापति र सभामुखबीच छलफल भएको थिएन । यस छलफललाई समिति सभापतिहरुले नियमित छलफलको रुपमा भएको बताएका छन् । बैठकपछि बोल्दै राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले समितिमा रहेका विधेयकको अवस्था र समितिले गरिरहेका काम कारबाहीको बारेमा सभामुखसँग छलफल भएको बताइन् । 

सभामुख सापकोटाले सभापतिहरुले राखेका कुराहरुलाई गम्भिरतापूर्वक लिएको बताएको सभापति श्रेष्ठको जिकिर छ । विगतमा प्रतिनिधिसभाका समितिहरुले एकै विषयमा फरक–फरक निर्देशन दिने र अर्को समितिमा विचाराधिन अवस्थामा रहेको विषयमा समेत छलफल चलाएको गुनासो बढेपछि सभामुखले हस्तक्षेप गर्नुपरेको थियो ।

Skip This
Skip This
Logo