नवनियुक्त महान्यायाधिवक्ताद्वारा शपथ ग्रहण

नवनियुक्त महान्यायाधिवक्ताद्वारा शपथ ग्रहण

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आइतबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश जबराले महान्यायाधिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा सरकारी उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले यही चैत ६ गते बडाललाई नियुक्त गरेकी थिइन् । तत्कालीन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि महान्यायाधिवक्तामा बडाललाई नियुक्त गरिएको हो । सरकारको प्रमुख कानूनी सल्लाहकारका रुपमा महान्यायाधिवक्ताले काम गर्नुपर्ने हुन्छ ।

Skip This
Skip This
Logo