पार्टीमाथिको चुनौती सामना गर्न महासचिव पोखरेलको आग्रह

पार्टीमाथिको चुनौती सामना गर्न महासचिव पोखरेलको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले कम्युनिष्ट आन्दोलनमाथिका चुनौतीहरूलाई परास्त गर्दै उत्साहका साथ अघि बढ्न प्रवास सम्बद्ध कार्यकर्तालाई आह्वान गरेका छन्।

प्रवासी कार्यकर्तासँग आइतबार उपप्रधानमन्त्री पोखरेलले भने, “हामी सजिलै यहाँसम्म आइपुगेका होइनौँ, कम्युनिष्ट आन्दोलनभित्र अनेकन घात, प्रतिघात, टुटफुटको शृङ्खला व्यहोर्दै आएका हौँ, ती सबैबाट शिक्षा लिएका पनि छौँ।” उनले भेलामा पार्टीका पछिल्ला निर्णयबारे अवगतसमेत गराउँदै विगतको कतिपय सन्दर्भलाई बिर्सेर ठूलो छाती बनाएर सङ्गठित र एकताबद्ध गर्ने अभियानमा लाग्न प्रवास सम्बद्ध सबैलाई आह्वान गरे।

भेलामा विभिन्न देशका २६६ जना प्रवासी नेपाली मञ्चका अगुवा नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो। प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाको अध्यक्षतामा सम्पन्न भएको भेलामा प्रवासी नेपाली मञ्च हङकङका अध्यक्ष भक्त गुरुङले स्वागत र बेलायतका अध्यक्ष भक्त गुरुङले सञ्चालन गरेका थिए।रासस

Skip This
Skip This
Logo