राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका लागि आज बंगलादेश प्रस्थान गरेकी छिन् । उनी बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेश प्रस्थान गरेकी हुन्।
राष्ट्रपतिलाई बिदाइ गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा एमालेका नेता सुवास नेम्वाङलगायतका नेताहरु पुगेका थिए।
राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल अमिदको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ गएकी हुन्। उनी स्थानीय समय अनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछिन्।
तस्बिर: रासस































प्रतिक्रिया