प्रधानमन्त्रीसँग वार्ताका लागि जसपा नेताहरु बालुवाटारमा

प्रधानमन्त्रीसँग वार्ताका लागि जसपा नेताहरु बालुवाटारमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न जनता समाजवादी पार्टी (जसपा) का नेताहरु बालुवाटार पुगेका छन्।

जसपाका नेताहरु महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला आज बालुवाटार पुगेका हुन्।

उनीहरुबीच सत्ता समीकरणका विषयमा छलफल हुने बताइएको छ।

जसपाले रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतका मागहरू नयाँ सत्ता समीकरणका शर्तका रुपमा अघि सारेको छ । 

यस बारे सरकारको आधिकारिक धारणा लिन नेताहरू आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । यस अघि पनि जसपा नेताहरु र प्रधानमन्त्रीबीच भेटवार्ता भइसकेको छ ।

सत्ता समीकरणबारे जसपाभित्र पनि विवाद देखिएको छ। तर अहिले उसको भूमिका महत्वपूर्ण देखिएको छ ।

Skip This
Skip This
Logo