प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद विघटन गर्न चाहिरहेकाे नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले बताएका छन् ।
प्रधानमन्त्रीकाे साे कदमलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा कानून व्यवसायीहरुसँग छलफल भएको उनले बताए ।
मंगलबार नेकपा९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी कमिटीका सदस्यहरु र कानून व्यवसायीबीच माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा नेता गुरुङले कानून व्यवसायीहरुले सर्वोच्च अदालतको फैसलाका कारण पनि प्रधानमन्त्री ओलीलाई संसद भङ्ग गर्ने ठाउँ नभएको भन्दै संसद र संविधानको रक्षाका निम्ति राजनीतिक दलहरुले राजनीतिक रुपमै पहलकदमी लिनुपर्ने सुझाव दिएको नेता गुरुङले बताए ।
राजनीतिक दलहरुबीच सहमति खोज्नुपर्ने सुझाव कानून व्यवसायीहरुले दिएको उनले बताए । छलफलमा समसामयिक राजनीतिको सम्बन्धमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा पनि कानून व्यवासयीहरुसँग सुझाव मागिएको राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले बताए ।
छलफलका क्रममा कानून व्यवसायीहरुले माओवादी केन्द्रलाई सर्वोच्च अदालतले नेकपा एकीकरण सम्बन्धमा फागुन २३ गते गरेको फैसलाको पुनरावलोकनमा जान सुझाव दिएका थिए ।































प्रतिक्रिया