एमाले संसदीय दलले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने आफ्ना सांसदहरुलाई एक हप्ताभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ।
आज बसेको बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन सांसदहरुलाई निर्देशन दिएको हो।
बैठकले संसदीय दलको विधानसमेत पारित गरेको छ । संसदीय बोर्डसमेत गठन गरेको बैठकले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सांसदहरुलाई ७ दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो।
आजको बैठकमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल पक्षका प्रदेशसभा सदस्य र माओवादीतर्फका प्रदेशसभा सदस्य सहभागी थिए।
गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। प्रदेश १ को प्रदेशसभामा एमालेका तर्फबाट ५१ जना सदस्य छन्।





























प्रतिक्रिया