संसदीय समितिले निर्माणाधिन नारायणघाट–बुटवल सडकखण्डको निर्माणकार्य तोकिएकै समय भित्र सम्पन्न हुनेगरी काम अगाडी बढाउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबार बसेको बैठकले पूर्वतयारी बिना काम अगाडी बढाएको निष्कर्ष निकाल्दै सबै प्रक्रिया पुरा गरी तोकिएकै समयभित्र निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिएको हो । समितिले नेपालमा सञ्चालनमा रहेका आयोजनाहरुको होडिङबोर्ड लगायतका डकुमेन्टहरु अंग्रजी भाषामा हुँदा आम नागरिकले नबुझ्ने भएकाले नेपाली भाषामा लेख्ने व्यवस्था गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।
समितिले समितिमा रहेका सांसद र कर्मचारीले निकट समयमा नारायणघाट–बुटवल सडकखण्डको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी पूर्वाधार विकास आयोजनाका सम्बन्धमा समितिमा छलफल भएपनि निष्कर्षमा पुग्न नसकेका कारण विकासका उपयुक्त मोडेलका बारेमा पूर्वाधार विज्ञहरुसँग समितिले कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको पनि सभापति खड्काले बताए ।































प्रतिक्रिया