संसदलाई जीवन्त र जनमुखी बनाउने प्रयास गरिरहेको छुः सभामुख सापकोटा

संसदलाई जीवन्त र जनमुखी बनाउने प्रयास गरिरहेको छुः सभामुख सापकोटा

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताएका छन् । 

शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेसनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौति थपेको दाबी गरे । तर पनि ठूलाठूला बहसपछि संसदले गति लिन थालेको बताउँदै अब जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाए । गत पुस ५ गते देखि फागुन ११ गतेसम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको पनि बताए । निकै उतारचढाव र महान बहसपछि अहिलेको अवस्थासम्म आइपुगेको र यो बीचमा समुन्द्र मन्थन भई संसदले पुनः गति लिएको स्पष्ट पारे । तर अझैपनि बहस नसकिएको सभामुख सापकोटाले बताए ।

संसदमा जनअपेक्षा अनुसार काम नभएको स्वीकार समेत सभामुखले गरे ।

संसद बहसको थलो भएकाले त्यहाँ व्यक्त हुने विचारप्रति सद्भाव रहने पनि सभामुख सापकोटाले जिकिर गरे । अहिले केही अन्योलता देखिए पनि निराश हुनुपर्ने स्थिति नरहेको उनले बताए । ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्रश्न उठिरहेको उल्लेख गर्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लडन तयार हुनुपर्ने पनि उनको तर्क छ । 
 

Logo