सर्वोच्च अदालतले ललिता निवास प्रकरणबारे मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश जारी गरेको छ। सर्वाेच्चले सोमबार पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध परेको मुद्दामा न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले निर्णयहरू झिकाउने आदेश दिएको हो। । यसअघि अख्तियारले दुवै प्रधानमन्त्रीमाथि मुद्दा नचलाउने निर्णय गरेको थियो ।
ललिता निवास प्रकणमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले २९ माघ २०७६ मा नेपाल र भट्टराईलाई मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्रीसहित १७५ विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो।





























प्रतिक्रिया