नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले आज पुनरावलोकनको निवेदन दिने भएकाे छ ।
आज ११ बजे सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिने माओवादी केन्द्रले तयारी गरेकाे छ ।
सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो ।
सो फैसला राजनीतिक भएको भन्दै माओवादी केन्द्र असन्तुष्ट छ । रिट निवेदकको मागविपरीत सर्वोच्चले पार्टी एकता बदर गरिदिएको भन्दै माओवादी केन्द्र सर्वोच्च जान लागेकाे हाे
प्रतिक्रिया