भुसालले बुझाए स्पष्टीकरण, ‘ओलीको सत्ता र शक्तिको भोग–विलासले एमाले आन्दोलन विसर्जनतर्फ’

भुसालले बुझाए स्पष्टीकरण, ‘ओलीको सत्ता र शक्तिको भोग–विलासले एमाले आन्दोलन विसर्जनतर्फ’

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का नेता घनश्याम भुसालले आज पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन्। उनले जवाफमा प्रधानमन्त्री ओलीका कारण एमाले आन्दोलन विसर्जनतर्फ अघि बढेको आरोप लगाएका छन्।

ओलीले जुन काम गर्दा फाइदा हुन्छ, त्यही गर्दै हिँडेको भन्दै भुसालले सैद्धान्तिक रुपमा ओलीकै कारण एमाले घोर अवसरवादी पार्टी बन्न लागेको बताए।

उनले केपी ओलीको सत्ता र शक्तिको भोग–विलासले पाउन बाँकी केही नरहे पनि उनले पार्टीलाई बन्धक बनाएर ती आकांक्षा पूरा गरेको पनि बताए । “सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ ? पार्टीलाई बन्धक बनाएर तपाईंले ती सबै पूरा गर्नुभयो,” भुसालले भनेका छन्, “त्यही अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामूहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै जानुभयो। आज एघार पृष्ठ लामो स्पष्टिकरण बुझाउँदै उनले यस्तो बताएका हुन् ।

यस अघि माधव नेपाल र भीम रावलले स्पष्टीकरण बुझाएका थिए। उनीहरुलाई भने स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एमालेले पार्टीबाट निलम्बन पनि गरिसकेको छ ।

Skip This
Skip This
Logo