प्रचण्डले दिएको निवेदनमाथि सर्वोच्चले पुनरावलोकन नगर्ने

प्रचण्डले दिएको निवेदनमाथि सर्वोच्चले पुनरावलोकन नगर्ने

केन्द्रबिन्दु
0
Shares

सर्वोच्चले नेकपाको नाम सम्बन्धी विवादमा गरेको फैसला पुनरावलोकन नगर्ने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले आज पुनरावलोकन नगर्ने आदेश दिएको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता बदर गर्ने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए। 

गत फागुन २३ गते सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेको थियो। सर्वोच्चको फैसला अनुसार ऋषि कट्टेलले नेकपा नामको वैधता पाएका छन्।

Logo