नेकपा एमाले ताप्लेजुङका माधव नेपाल पक्षका केन्द्रीय सदस्य तथा पूर्व सांसद तिलकुमार मेन्याङ्वोले नेपालको साथ छाडेर ओली समूहमा गएका छन् ।
मेन्याङ्वोले शुक्रबार गृहजिल्ला ताप्लेजुङमा युवा संघको कार्यक्रममार्फत आफू माधव नेपालको पक्षमा नरहने घोषणा गरेका हुन् ।
एमालेका नेता महेश बस्नेत उपस्थित युवा संघको कार्यक्रममा मेन्याङ्बोले आफू अब एमालेको विधान बमोजिम अघि बढ्ने र पार्टीको समानान्तर कमिटी निर्माण प्रक्रियामा विपक्षमा रहने घोषणा गरेका थिए ।
‘नेकपा एमाले ब्युतिएसँगै म ज्यादै खुसी छु । अब म नेकपा एमालेको बिधान अनुसार अघि बढ्छु र समानान्तर कमिटी गठन प्रक्रियाको विपक्षमा उभिनेछु’, उनले भने ।
उनले एमालेभित्रको समस्या शीर्ष नेताहरुले आपसी संवादबाट हल गर्नुपर्ने भन्दै भाँचिनुभन्दा नुहिनु राम्रो हुने सुझाव दिए । उनले समानान्तर कमिटी गठन गर्ने कुरामा आफ्नो विमति रहेको र त्यो पार्टी विधान तथा अनुशासनको उल्लंघन भएकलो त्यसमा साथ दिन नसकेको बताए ।
ताप्लेजुङ माधव नेपाल पक्षको बलियो पकड भएको जिल्ला मानिन्छ । योगेश भट्टराई त्यहीँबाट निर्वाचित सांसद हुन ।





























प्रतिक्रिया