कांग्रेस निर्णयको स्वागत, भष्मासुर ओलीलाई बिदाई : बाबुराम भट्टराई

कांग्रेस निर्णयको स्वागत, भष्मासुर ओलीलाई बिदाई : बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले बल्ल प्रतिपक्षीय धर्म निर्वाह गर्ने संकेत देखाएको भन्दै प्रशंंसा गरेका छन्। 

कांग्रेसले शुक्रबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठनमा अग्रसरता देखाउने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट आज बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै भट्टराईले कांग्रेसको प्रशंसा गरेका हुन्।

भट्टराईले ओलीको राजीनामा माग्ने कांग्रेसको निर्णयको स्वागत गर्दै भष्मासुर ओलीको बिदाइ नै अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ। अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं। आआफ्ना दलका फरक एजेन्डा हुन्छन्। तर ती सबैभन्दामाथि देश, जनता र लोकतन्त्रको आवश्यकता, प्राथमिकता हुन्छ। आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको बिदाइ नै हो है।’

Logo