प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ वटा सडकको शिलान्यास गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारबाट उनले स्वीच थिचेर आज सडकको शिलान्यास गरेका हुन्।
हरेक निर्वाचन क्षेत्रमा एक नयाँ सडक खोल्ने अभियानस्वरुप प्रधानमन्त्रीले स्वीच थिचेर देशका १६५ वटा सडक निर्माणको शिलान्यास गरेका हुन् ।
हरेक निर्वाचन क्षेत्रमा एक–एक वटा सडकको शिलान्यास भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। देशमा हाल १६५ वटा निर्वाचन क्षेत्रहरु रहेका छन्।
आजको कार्यक्रमको सुरुमा भौतिक निर्माण तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कार्यक्रमका बारेमा जानकारी दिएका थिए।





























प्रतिक्रिया