सरकारले पर्याप्त काम गरेको छ : नेता बाँस्कोटा

सरकारले पर्याप्त काम गरेको छ : नेता बाँस्कोटा

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का नेता गोकुलप्रसाद बाँस्कोटाले तत्कालीन सरकारले पर्याप्त काम गरेको बताएको छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसद बाँस्कोटाले सामाजिक सञ्जालमा हुने टिकाटिप्पणीले जनताको विश्वास जित्न नसकिने बताए । पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले आफूहरु संसारसँग सँगै जान चाहेको जिकिर गरे । विदेशको प्रगति हेरेर देशको सम्भावना र चुनौतीहरु खोज्नुपर्ने उनको धारणा छ । 

कृष्णप्रसाद भट्टराईको सपना पुरा हुँदा खुसी हुनु तर नयाँ सम्भावनाको खोजीको टिप्पणी गर्नु नकारात्मक रहेको उनको तर्क छ । ‘यदि प्रधानमन्त्रीले सारेको विकास निर्माणलाई देखेर चिन्ता बढेको छ भने त्यो झन् बढ्छ’, उनले भने । विकास देख्न र सुन्न नसक्नेहरु कानमा रुवी राखेर बस्न र आँखामा साउने चस्मा लगाएर बस्न समेत उनले आग्रह गरे । विगतको सरकार जस्तो यो सरकार कामचलाउ नभएको उनको जिकिर छ । 

आफैं अड्काएर आफैं पड्कने काम नगर्न समेत उनले आग्रह गरे । उनले भने, ‘प्रतिगमन हुन्छ भने जनतासामु जानु ।’ यहाँ कुनै सरकारले सत्ता कब्जा गरेको नभई जनताको मतबाट सत्तामा पुगेको बताए । चुनावै गराउनु छैन भने भोट माग्न नजान समेत उनले विभिन्न दलहरुलाई अनुरोध गरेका छन् । 

Logo