माओवादी केन्द्रले सरकारमा रहेका चार मन्त्रीलाई सांसदबाट हटायो

माओवादी केन्द्रले सरकारमा रहेका चार मन्त्रीलाई सांसदबाट हटायो

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरि एमालेमा गएका  चारजनालाई सांसदबाट हटाएको छ। सो पार्टीले  प्रतिनिधिसभाका चार जना सांसदहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाएको हो । 

उनीहरुलाई सांसदबाट हटाएको पत्र माओवादी केन्द्रले संघीय संसद् सचिवालयमा बुझाएको छ। चारैजना माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् । उनीहरु वर्तमान सरकारमा मन्त्री छन् । चारै जना सांसदहरुले माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका छन् ।

संसद् सचिवालयले सो पत्रअनुसार कारबाही प्रक्रियाको सूचना जारी गरेमा उनीहरू सांसद पदबाट हट्नेछन्। राष्ट्रिय सभामा माओवादी केन्द्रबाटै निर्वाचित गृहमन्त्री रामबहादुर थापा बादललाई पनि हटाउने माओवादीले तयारी गरेको छ। 

Logo